जीतपुरसिमरामा ‘न्यायिक समिति’ गठन, यस्तो छ समितिको काम

ए वान डेस्क
६ फाल्गुन २०७४, आईतवार १८:५४

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकामा आज न्यायिक समिति गठन गरिएको छ । नगर उपप्रमुख सरस्वती चौधरीको संयोजकत्वमा आज समिति गठन गरिएको हो । गठित समितिमा दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । समितिको सदस्यमा तुलसा मैनाली र क्यामुद्धिन मंसुली निर्विरोध निर्वाचित हुनुभएको नगर प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा २१७ को उपधारा १ मा कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा ३ सदस्यीय १ न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँसभा वा नगरसभाबाट आफू मध्येबाट निर्वाचित २ जना सदस्य रहने भनिएको छ ।

के काम गर्छ समितले ?

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्नेछन् । नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नुपर्ने छ ।

समितिले आफूले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुखमार्फत नगरसभामा पेस गर्नुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*