बारा प्रहरीद्धारा अवैद्य प्रतिबन्धीत कुखरा नष्ट

ए वान डेस्क
६ फाल्गुन २०७४, आईतवार २०:५७

ए वान डेस्क /

जिल्ला प्रहरी कार्यालय बाराले आज अवैद्य प्रतिबन्धीत कुखुरा नष्ट गरेको छ । कलैया उप–महानगरपालिका वडा नं. १० मटिअर्वाबाट नियन्त्रणमा लिईएको अवैद्य प्रतिबन्धीत कुखुरा बारा प्रहरीले नष्ट गरेको हो ।

भारतबाट भन्सार छली चोरी पैठारी गरी अबंैध रुपमा नेपाल भित्रिरहेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले ३०,००० मुल्य बराबरको ३० वटा तयारी कुखुरा आज बिहान नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएको कुखुरा जिल्ला पशु व्यवसायी संघका प्रतिनिधी, पत्रकार लगायतको रोहबरमा नष्ट गरिएको बारा प्रहरीको बिज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*