जीतपुरसिमरालाई ‘शैक्षिक हब’ बनाउनुपर्छ : नगर प्रमुख पौडेल

ए वान डेस्क
७ फाल्गुन २०७४, सोमबार १६:४९

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले जीतपुरसिमरालाई शैक्षिक हबको रुपमा बिकास गर्नुपर्ने बताउनुभएको छ । बाराको सिमरामा रहेको सिमरा पब्लिक ई. बोर्डिङ्ग स्कुलको १०औ बार्षिकउत्सव कार्यक्रमलाई सम्बोधन गर्दे नगर प्रमुख डा. पौडेलले शैक्षिक हबको रुपमा बिकास गरेर जीतपुरसिमरालाई समृद्ध उप–महानगर बनाउने बताउनुभयो ।

जीतपुरसिमरामा प्राविधिक शिक्षाको खाचो रहेकोभन्दै प्राविधिक शिक्षालय सञ्चालन गरेर रोजगारको वातावरण शिर्जना गर्ने उहाले बताउनुभयो । निजि बिद्यालयको शैक्षिक गुणस्तर बृद्ध गर्न उपमहानगरपालिकाले कुनै कसर बाकी नराख्ने उहाले बताउनुभयो । बिद्यालयको शैक्षिक गुणस्तरको प्रशंसा गर्दे उहाले आगामी दिनमापनि थप गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा जीतपुरसिमरा उप–महानगरपालिकाकी उप–मेयर सरस्वती चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष जगरनाथ घिमिरे, बरिष्ठ उपन्यासकार सुविन घिमिरे, लेखक तथा साहित्यकार अजित बराल, प्यावसनका केन्द्रिय सचिव नारायण शर्मा, ब्राईटर एकेडेमि सिमराका प्रिन्सिपल रामप्रसाद अधिकारी, बारा एकेडेमि पिलुवाका संस्थापक हरिदेव खरेल, रेडियो सम्पर्णका प्रवन्ध निर्देशक संतोष देउजा लगाएको उपस्थिति रहेको थियो । कार्यक्रममा बिद्यालयका भाईस प्रिन्सिपल संजिव झाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बिद्यालयका प्रिन्सिपल वसन्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रंजित सापकोटाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*