बारामा प्रजातन्त्र र निर्वाचन दिवस मनाईयो

ए वान डेस्क /
बिभिन्न कार्यक्रमको आयोजना गरी बारामा आज प्रजातन्त्र र निर्वाचन दिवस मनाईएको छ । दिवसको अवसरमा कलैयामा आज छुट्टा छुट्टै कार्यक्रम गरिएको छ । ६८औ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समारोह समिति बाराले आज कलैया अस्पतालका बिरामीलाई फलफुल बितरण गर्नुको साथै प्रभात फेरी गरेको छ ।
कलैयाको भरत चोकबाट निकालिएको र्यालीले नगर परिक्रमा गरेको थियो । र्यालीपछि भरत चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दे अधिकासं वक्ताले प्रजातन्त्रको सबैले संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, कलैया उपमहानगरपालिका प्रमुख राजेस राय यादव, प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, जिल्ला समन्वय समितिका उपप्रमुख पवन व्याहुत, कलैया उपमहानगरपालिकाकी उपप्रमुख रहिमा खातुन, प्रहरी उपरिक्षक राजकुमार वैदावार, नागरिक समाजका अध्यक्ष उमेशलाल दास, प्रमुख सेनानी संतोष कार्की लगायतको उपस्थिति रहेको थियो ।
२००७ साल फागुन ७ गते निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष आजकै दिन प्रजातन्त्र दिवसका मनाउने गरिएको छ ।
कलैयामा आजै दोश्रो निर्वाचन दिवस पनि मनाईएको छ । दिवसको अवसरमा जिल्ला निर्वाचन कार्यालय बाराले कलैयाको भरत चोकबाट प्रभातफेरी निकालेको थियो ।