६८औ प्रजातन्त्र दिवस : अनेरास्ववियुद्धारा फलफुल बितरण

ए वान डेस्क
७ फाल्गुन २०७४, सोमबार १७:२४

ए वान डेस्क /

६८औ प्रजातन्त्र दिवसको अवसरमा नेकपा एमाले निकट अनेरास्ववियु बारा क्षेत्र नम्बर ४ ले आज अल्पाइन अस्पतालका बिरामीलाई फलफुल बितरण गरेको छ । फलफुल बितरण कार्यक्रममा बोल्दै एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा अनेरास्यवियुको भुमिका महत्वपुर्ण रहेकोभन्दै अब समाजलाइ समृद्धिको दिसातर्फ अघि बढाउनुपर्ने बताउनुभयो ।

अनेरास्ववियु क्षेत्रिय कमिटीका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थी इन्चार्ज तारा बहादुर कार्की, अनेरास्ववियु जिल्ला सदस्य राजेस गुप्ता, सतेन्द्र यादव, क्षेत्रिय सदस्य सृष्टि थापा, प्रतिक्षा पन्त, सुजाता कार्की लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*