रोज ऐकेडेमीको ६औ बार्षिकउत्सव सम्पन्न

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको रामबनमा रहेको रोज ऐकडेमीको ६औ बार्षिकउत्सव आज सम्पन्न भएको छ । बार्षिकउत्सवको आज एक कार्यक्रमकाबिच प्रदेशसभा सदस्य सिता गुरुङ्गले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे गुरुङ्गले बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न बिद्यालयले अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बिद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाको प्रशंसा गर्दे उहाले आगामी दिनपनि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा वडा सदस्यहरु रुकुमाया कार्की, सुकुमाया बिक, समाजसेवी संकर पाख्रिन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमकाबिच बिद्यालयले आज बिभिन्न बिधामा बिद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो ।
बिद्यालयका प्रिन्सिपल सोम लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षिका सरस्वती चौधरीले गर्नुभएको थियो ।