तु–खबरको पहिलो बार्षिकउत्सव सम्पन्न, सत्यतथ्य समाचार लेखौ : मुख्यमन्त्री

ए वान डेस्क
८ फाल्गुन २०७४, मंगलवार १०:२१

ए वान डेस्क /

मकवानपुरको हेटौडामा सञ्चालन हुदै आएको तु–खबर डटकमको पहिलो बार्षिकउत्सव कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे पौडेलले सत्यतथ्य समाचार मात्र प्रकाशन तथा प्रशारण गर्न सबैलाई आग्रह गर्नुभयो ।

देश परिवर्तन गर्न चौथो अंगको रुपमा रहेको पत्रकारको भुमिका महत्वपुर्ण हुने भन्दै पत्रकारहरु कसैको भक्ति गाएर बस्ने नहुने उहाले बताउनुभयो । अधिकतम स्रोत र साधन परिचालन गरेर प्रदेश नम्बर ३ लाई नमुना प्रदेश बनाउने उहाले बताउनुभयो ।

कार्यक्रममा आन्तरीक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, पुर्व मन्त्री ईन्द्रबहादुर बानिया, बरिष्ठ पत्रकार तथा अधिवक्ता स्वागत नेपाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमकाबिच तु–खबरले बिभिन्न बिधामा बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो । तु–खबरका प्रधानसम्पादक गिरिजा अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाचार प्रमुख बलराम पुडाशैनीले गर्नुभएको कार्यकारी सम्पादन चन्द्रबहादुर घलानले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*