राजधानी सबैलाई पायक पर्ने ठाउमा हुनुपर्छ : प्रदेशसभा सदस्य गुरुङ्ग

ए वान डेस्क
८ फाल्गुन २०७४, मंगलवार १७:०४

ए वान डेस्क /

प्रदेशसभा सदस्य सिता गुरुङ्गले महिलाहरुको जिवनस्तर उकास्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ए वान समाचारसंग संक्षिप्त कुरागर्दे उहाले प्रदेश नम्बर २ मा अहिलेपनि महिलाहरु पिडित बन्नुपरेको बताउनुभयो । ‘यो प्रदेशमा अहिलेपनि महिलाहरु प्रताडित छन्, त्यसकारण यहा धेरै भन्दा धेरै चेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ’ उहाले भन्नुभयो ।

फरक प्रशंगमा उहाले स्थानीय तहले गर्न नसकेको काम आफुले गर्ने बताउनुभयो । ‘स्थानीय तहबाट छुटेको काम म बजेट अनुसार गर्नेछु’ उहाले भन्नुभयो ।

प्रदेश नम्बर २ को राजधानी कहा हुनुपर्छ भन्ने प्रश्नमा गुरुङ्गले सबैलाई पायक पर्ने ठाउमा प्रदेश राजधानी बनाईनुपर्ने धारणा राख्नुभयो । ‘प्रदेश नम्बर २ को राजधानी बर्दिवास वा ढल्केवर ठिक हुन्छ, किनभने यो स्थान बिचमा पर्छ, अनि पुर्वाधारको हिसावले पनि राम्रो छ’ उहाले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*