समाचार प्रभाव : सञ्चालनमा आयो सिमरा बिमानस्थलको सबै क्यामेरा

ए वान डेस्क
९ फाल्गुन २०७४, बुधबार ०९:२५

ए वान डेस्क /

बाराको सिमरामा रहेको नागरिक उद्ययन प्राधिकरण ‘बिमानस्थल’को कार्यालयमा जडान गरिएको सबै सिसि क्यामेरा सञ्चालनमा आएको छ । सिमरा बिमानस्थलमा जडान गरिएको १२ वटा क्यामेरा मध्य यसअघि ७ वटा मात्र सञ्चालनमा थियो ।

झन्डै ६ महिनादेखि बन्द अवस्थामा रहेको सिसि क्यामेरा मर्मत गर्ने बिषयमा कसैलेपनि चासो नदेखाएको समाचार ए वान समाचारमा प्रकाशन भएपछि बिमानस्थल कार्यालयले चासो देखाएको हो । ‘हामीले सबै क्यामेरा बनाईसकेका छौ, अनि हिजोदेखि सञ्चालनमा पनि आईसकेको छ’ बिमानस्थल प्रमुख निराजन काफ्लले भन्नुभयो ।

सबै क्यामेरा सञ्चालनमा आएपछि धेरै कुराको समस्या समाधान हुने बिमानस्थलमा खटिएका प्रहरी नायव निरिक्षक लिलानाथ नेपालले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*