यस्तो थियो राजन पौडेलको जीतपुरसिमरा समृद्ध बनाउने ‘मास्टर प्लान’

ए वान डेस्क
९ फाल्गुन २०७४, बुधबार ११:१३

ए वान डेस्क /

राजन पौडेल । जीतपुरसिमरा उप–महानगरपालिकाभित्र सबैले चिनेको अनि सुनेको नाम । उनी माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन् । बजनी घर भएका पौडेल गत मंसिरमा सम्पन्न स्थानीय तहको चुनावमा मेयर पदका लागी चुनाव लडेका थिए । माओवादी केन्द्रको तर्फबाट चुनावमा होमिएका पौडेल एमालेका डा. कृष्ण पौडेलसंग पराजित भए ।

चुनावमा पराजित भएपछि पहिलो पटक आफ्नो मास्टर प्लान सहित हामीसंग कुराकानी गर्न उनी सहमत भए । सबैभन्दा पहिले हामीले उनको मास्टर प्लान बुझ्ने प्रयास गर्यो ।

यस्तो थियो उनको मास्टर प्लान

राकानको शुरुमै हामीेले उनलाई तपाईले जीतपुरसिमरालाई कस्तो बनाउने सोच बनाउनुभएको थियो ? भनेर सोध्यौ ।
त्यसको जवाफमा पौडेलले बिभिन्न बुदा जानकारी गराउदै हामीलाई मास्टर प्लान बताए ।

बेरोजगारी समस्या

यो ठाउमा सबै भन्दा ठुलो समस्या भनेकै बरोजगारी समस्या हो । बेरोजगारी समस्या समाधानका लागी मैले केही योजना बुनेको थिए । योजना के हो ? भन्ने प्रश्नमा भने उनले खासै केही खुलाउन चाहेनन् । बिभिन्न माद्यमबाट यो समस्या समाधान गर्नु मेरो पहिलो काम हुने थियो ।

कृषिमा आधुनिकिकर

दुध उत्पादन गर्नेलाई उत्साहित गर्ने, कृषिलाई आधुनिकिकरण गर्ने र त्यसबाटै पनि रोजगारको शिर्जना गर्ने भन्दै उनले आफ्नो दोश्रो अनि महत्वपुर्ण बुदा भएको बताए । किसानलाई प्रोत्साहन गर्न सक्नुपर्छ अनि मात्र राम्रो हुन्छ । उनले दक्षिणि भेगको तरकारी खेति हुने स्थानमा कृषि प्राविधिको व्यवस्था गर्नु पहिलो काम हुने बताए ।

वातावरण प्रदुषण

वातावरण प्रदुषण नियन्त्रण गर्नुपनि आफ्नो मास्टर प्लानभित्र रहेको कुरा उनले खुलाए । प्रदुषण त हुन्छ तर कति छ भनेर मापन गर्ने अनि यन्त्र अनुसार मापन गरेर ऐन अनुसार प्रदुषण नियन्त्रण गर्ने काम मैले गर्थे ।

शैक्षिक गुणस्तर

उनले नामै लिएर शार्वजनीक बिद्यालयको गुणस्तर बृद्धि गर्नुपर्नेमा जोड दिए । शार्वजनीक बिद्यालयको शैक्षिक गुणस्तरको स्थिति कमजोर हुदै गएको छ । शैक्षिक गुणस्तर कायम गर्ने अनि निजि बिद्यालयसंग प्रतिस्पर्र्धा गर्न सक्ने स्थिति बनाउने कामपनि शुरुवात गर्थे ।

अव्यवस्थित बसोबास

उनले अव्यवस्थित बसोबास पनि आफ्नो मास्टर प्लानभित्र रहेको खुलाए । त्यसलाई व्यवस्थित स्थनीय तहले नै गर्न सक्ने भन्दै उनले लालपुर्जाको समस्या समाधान हुने बताए । संबिधानधको अनुसुचित ८ को १४ नम्बर नम्बर बुदामा लालपुर्जा व्यवस्थपन गर्न सकिने कुरा उल्लेख छ, र यो समस्याको समाधान स्थानीय तहबाटै हुन्छ ।

सरसफाई
जीतपुरसिमरालाई सफा र सुन्दर बनाउने मास्टर प्लानपनि उनले बोकका रहेछन् । यस्तै अन्य धेरै कामहरु थिए भन्दै उनले त्यसबारे खासै खुलाउन चाहेनन् ।

१०० दिनको समिक्षा

दैनिक हुने काम अहिले वडाले गरिरहेको छ । तर उप–महानगरले कुन रणनितिक हिसावले काम गर्न खोजेको हो मैले बुझ्न सकेको छैन् । यहा त स्थानीय निकायको जस्तै गरी काम भईरहेको मैले आभाष गरिरहेको छु । कहि कतै अलमलमा परेको जस्तो पनि मैले बुझेको छु ।

कामको समिक्षा चाही कसरी गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले कामको समिक्षा बारे बोल्ने बेला भएको छैन् भन्दै पन्छिन् खोजे । १०० दिन भनेको खासै लामो दिनपनि त हैन् । सायद उहाहरु योजनामा लाग्नु भएको छ । प्रशंग बाहेक उनले राम्रोसंग काम पनि सोहि क्रममा सुझाव दिए ।

मेयरसंग संवाद हुदैन्

मयेर साबसंग कुनै पनि बिषयमा छलफल हुन्छ ? भन्ने प्रश्नमा उनले छलफल र सल्लाह सुझाव अहिलेसम्म लिने दिने काम नभएको बताए । योजनागत हिसावले गंभिरतापुर्वक छलफल भएको छैन् । कुराकानी तर हुन्छ तर संवाद भएको छैन् ।

नमुना उपमहानगर

कुराकानीको अन्त्यमा पौडेलले नमुना उपमहानगर बनाउन सुझाव दिए । आफ्नै मौलिकतामा रहेको समृद्ध र नमुना उपमहानगर बनाउनुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*