गौरिशंकर माविको ८ कोठे पक्की भवनको शिलन्यास

ए वान डेस्क
९ फाल्गुन २०७४, बुधबार ११:३३

ए वान डेस्क /

निजगढ नगरपालिकाको वडा नम्बर ८ स्थित गौरिशंकर माविको ८ कोठे पक्की भवनको आज शिलन्यास गरिएको छ । पक्कि भवनको नगर प्रमुख सुरेश कुमार खनाल र उप प्रमुख लिलादेबि लामिछाने खनालले संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो ।

स्कुलको भवन स्तर उन्नतिको निम्ति जिल्ला शिक्षा कार्यलय बाराको आर्थिक सहयोगमा ४ कोठे भवन र नगरपालिका लगाएर स्कुलको आफ्नो आर्थिक लगानिमा ४ कोठे गरि ८ कोठे भवन बन्ने भएको बिद्यालय ब्यवस्थापन समितिका सदस्य हरि न्यौपानेले जानकारि दिनुभयो । प्रदेश नम्वर २ कै प्राबिधिक शिक्षाको हबको रुपमा बिकास गर्ने भनिएतापनि निजगढ नगरमा स्कुलहरुको भौतिक अबस्था नाजुक रहेको हुदा यो ८ कोठे भवन शिलन्यास गर्दा शुभ सङ्केत महसुस गरिएको नगर प्रमुख खनालले बताउनुभयो । उहाले यस्ता काममा नगरपालिका सम्पूर्ण नगरवासीको सहभागितामा गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार प्रसाद गौतमले गर्नुभएको थियो । कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष टेक बाहादुर लामा, सामजसेवी महेसि कुवर, अम्बिका चौलागाई, आशिष लामा लगाएतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*