खुला दिसामुक्त वडाको कार्यालयमै छैन चर्पी

ए वान डेस्क
१० फाल्गुन २०७४, बिहीबार १०:०७

सिरहा नगरपालिका–१४ स्थ्ति वडा कार्यालयमा चर्पी नुहँदा स्थानीय खुला शौच गर्न बाध्य छन्। ०७३ कात्तिक १ मा यस वडालाई ‘खुला दिसामुक्त वडा’ घोषणा गरिएको थियो। ‘हामी सबैले आफ्नो घरमा चर्पी बनायौं। प्रयोग पनि थाल्यौं।

तर, वडा कार्यालयमा सेवा लिन आउँदा बाहिरै शौच गर्नुपर्छ,’ स्थानीय लक्ष्मी पासवानले भने। स्थानीयले वडा कार्यालयमा चर्पी निर्माण गर्न माग गरेका छन्। स्थानीय उपेन्द्र मण्डलले सर्वसाधरणका घरमा शौचालय भए पनि सरकारी अड्डामै चर्पी नहुनु हाँसको विषय भएको बताए।

‘वडा कार्यालयमै चर्पी छैन,’ उपेन्द्रले भने, ‘अन्यत्रबाट आउनेलाई पिसाब फेर्ने कार्यालयपछाडि खेततिर जानुपर्छ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*