जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा चुनावी चर्चा शुरु, कसको लबिङ्ग को संग ?

ए वान डेस्क
११ फाल्गुन २०७४, शुक्रबार १७:४१

ए वान डेस्क /

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको प्रथम नगर अधिवेशन यही फागुन २५ गते हुदैछ । अधिवेशनको मिति नजिकिदै जादा संघको नेतृत्व कसले गर्ने भन्ने बहस शुरु भएको छ । नेतृत्व सम्हाल्न सिमरा र जीतपुरबाट मात्रै आधा दर्जनले आकांक्षा देखाएका छन् । अध्यक्ष पदका लागी धेरैले आकांक्षा देखाएपछि नया नेतृत्व चयन गर्न चुनाव नै हुने लगभग निश्चित जस्तै छ ।

सिमराबाट को–को छन् ?

अध्यक्ष पदका लागी सिमराबाट चार जनाले आकांक्षा देखाएका छन् । अहिलेका बरिष्ठ उपाध्यक्ष युवराज पौडेल शिव, उपाध्यक्ष शिव वाग्ले, महासचिव मोहन शर्मा, पुर्व अध्यक्ष रेशम तिवारीले आकांक्षा देखाएका हुन् । यद्धपि चारै जना अहिले ‘हो’ भन्ने स्थितिमा छैनन् तर भित्रभित्रै भेटाघाट गरेर आफ्नो पक्षमा लबिङ्ग गरिरहेका छन् ।

जीतपुरबाट को–को छन् ?

अध्यक्ष पदका लागी जीतपुरबाट तिन जनाले आकांक्षा देखाएका छन् । जीतपुरबाट सञ्जय शाह र शिवजी शाह सोनारले आकांक्षा देखाएका हुन् । उनीहरुले पनि आधिकारीक रुपमा बाहिर कुरा खोल्न सकेका छैनन् ।

कस्को लविङ्ग को संग ?

स्रोतका अनुसार अहिलेका बरिष्ठ उपाध्यक्ष शिव पौडेलले जीतपुरका सञ्जय शाहलाई समर्थन गर्ने तयारी गरेका छन् । पौडेल सिमराबाट पुरानै अनुहार दोहोरिए आफु नै मदानमा उत्रन सक्ने बताउछन् । उनको भनाईलाई आधार मान्ने हो भने सिमराबाट आकांक्षा देखाएका अन्य तिन जनालाई उनले स्विकार गर्न सक्दैनन् ।

यता, लामिछाने र तिवारीपनि पौडेललाई स्विकार गर्न सक्ने अवस्थामा नरहेको स्रोतको भनाई छ । तर सिमराबाट तिवारीलाई अध्यक्ष बनाए लामिछाने पछि हट्न सक्ने पनि स्रोतले बतायो । तर अध्यक्षका आकांक्षी लामिछानेले सबैसंग आफ्नो सम्बन्ध राम्रो छ भन्दै उनले खासै केही कुरा खुलाउन चाहेनन्् । उता, जीतपुरका सञ्जय शाहले आफुले यसबारे अहिले नै केहि नबोल्ने बताए । ए वान समाचारसंग कुरागर्दे उनले यसबारे छलफल भईरहेको भन्दै धरै नबोल्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*