अनेरास्ववियु क्षेत्र न.१ को क्षेत्रीय भेला सम्पन्न

ए वान डेस्क
११ फाल्गुन २०७४, शुक्रबार १९:२५

ए वान डेस्क /

अनेरास्ववियु बारा क्षेत्र न.१ को क्षेत्रीय भेला बाराको निजगढमा समपन्न भएको छ । भेलालाइ सम्बोधन गर्दै नेकपा एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेलले अनेरास्ववियुले मुलुकलाई समृद्ध बनाउनका लागी माग र दबाबको अभियानलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

शिक्षालाई समय अनुकुल बनाएर बेरोजगारी समस्या अन्त्य गर्नुपर्नेभन्दै उहाले युवा बिदेशिने क्रम रोक्न मुलुकमै रोजगारिको अवसर सृजना गर्नुपर्ने बताउनुभयो । भेलाले सर्वसम्मत रुपमा शौरभ अधिकारिको अध्यक्षतामा २३ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।

कमीटीको उपाध्यक्षमा नवीन चौधरी, सचिबमा मुना लामा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा मुकेश साह, सृजना चौधरी, प्रमिला बजगाई, अल्का पोखरेल, अन्जना थिङ्ग लगायत रहनुभएको छ । शौरभ अधिकारिको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन शक्ति पासवानले गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरु नारायण गौतम, ढुण्डिराज उप्रेति, एक बहादुर श्रेष्ठ, अनेरास्ववियुका पुर्ब केन्द्रिय सदस्य तथा बिद्यार्थी इन्चार्ज तारा बहादुर कार्की, अनेरास्ववियुका राष्ट्रिय प्रतिनिधि सदस्य त्रिलोक बिक्रम शाह, जिल्ला सह–संयोजक भैयाराम साह, सदस्य राजेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*