ब्राईटर एकेडेमी सिमराको १७औ बार्षिकउत्सव सम्पन्न

ए वान डेस्क
१२ फाल्गुन २०७४, शनिबार १७:०३

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर २ मा रहेको ब्राईटर एकेडेमी ई. बोर्डिङ्ग स्कुलको १७औ बार्षिकउत्सव आज सम्पन्न भएको छ । बार्षिकउत्सवको एक कार्यक्रमकाबिच बरिष्ठ साहित्यकार तथा लेखक खगेन्द्र संग्रौलाले उद्घान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दे संग्रौलाले बिद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा बढि जोड दिनुपर्ने बताउनुभयो । बिभिन्न माद्यमबाट शिक्षाको गुणस्तर बढाउनुपर्ने भन्दै उहाले बिद्यालयले प्रदान गरेको शैक्षिक गुणस्तरको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा बोल्दै जीतपुरसिमरा उप–महानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेलले शिक्षा क्षेत्रको गुणस्तर बृद्धि गर्न उपमहानगर तयार रहेको बताउनुभयो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, वडा नम्बर ४ का वडा अध्यक्ष ईश्वर केसी, एन प्यावसनका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी, प्यावसन बाराका उपाध्यक्ष हरिदेव खरेल, सिमरा कलेज सिमराका प्रमुख शालिकराम अधिकारी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

बिद्यालयका संस्थापक चन्द्रदास चौहानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रिन्सिपल राजु कार्कीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*