सिमरामा ‘निशाचरी’ उपन्यासको बिमोचन, मेयरले गरे प्रशंसा

ए वान डेस्क
१२ फाल्गुन २०७४, शनिबार १७:५४

ए वान डेस्क /

बाराको सिमरामा आज निशाचरी उपन्यासको बिमोचन गरिएको छ । पाथिभरा ई. बोडिङ्ग स्कुलको अभिभावक दिवसको अवसरमा आज निशाचरी उपन्यासको बिमोचन गरिएको छ । साहित्यकार शम्भु गौतमले लेख्नुभएको निशाचरी पुस्तकको जीतपुरसिमराका उप–महानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले बिमोचन गर्नुभएको हो ।

बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दे उहाले लेखक गौतमको प्रशंसा गर्नुभयो । साहित्यिक क्षेत्रमा लागेका गौतमलाई हौषला दिदै पौडेलले आगामी दिनमा उपमहानगरले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा साहित्यकारहरु रामप्रसाद अधिकारी, शालिकराम अधिकारी, रामप्रसाद अधिकारी, पत्रकार संतोष देउजा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सिता अधिकारीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*