नेतृत्व लिने भन्दापनि अधिवेशन सफल पार्न तिर लागौ : महासचिव शर्मा

ए वान डेस्क /
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको अध्यक्षका दाबेदारका रुपमा हेरिएका मोहन शर्मा लामिछानेले आफ्नो ध्यान नेतृत्व लिनेतर्फ नभई अधिवेशन सफल पार्ने तिर रहेको बताउनुभएको छ । ए वान समाचारसंग कुरागर्दे उहाले नेतृत्व लिनेभन्दा पनि भब्यताका साथ अधिवेशन कसरी सफल पार्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
‘साधारणसभा सहितको पहिलो नगर अधिवेशन हुदैछ, त्यसकारण अहिले नै नेतृत्व कसले लिने भन्ने कुरा गर्नु त्यति समय सान्दर्भीक हो जस्तो मलाई लाग्दैन्’ शर्माले भन्नुभयो । अहिलेका महासचिवसमेत रहनुभएका शर्माले भिजन भएको व्यवसायीलाई मात्र सबैले नेतृत्वमा लैजानपर्ने बताउनुभयो ।
छुट्टा छुट्टा प्यालन बनाएर जादा सन्देश नराम्रो जानेभन्दै उहाले उप–महानगर हाक्नसक्ने सशक्त टिमलाई अध्यक्ष बनाउनुपर्ने बताउनुभयो । ‘नगर उद्योग वाणिज्य संघको अधिवेशनमा प्यानल नै बनाएर जादा सन्देश राम्रो जादैन्, जीतपुर र सिमरा एउटै हो भनेर हामी अगाडी बढ्नुपर्छ’ उहाले भन्नुभयो ।
घुमौरो शैलीमा शर्माले नेतृत्वको बिषयमा प्रतिक्रिया दिदै भन्नुभयो ‘यदि सबैले यो राम्रो छ, यसले राम्रो काम गरेको छ भनेर सर्वसम्मत रुपमा चुन्नुभयो भने म स्विकार गर्न तयार छु’ ।
नगर उद्योग वाण्ँिज्य संघको पहिलो नगर अधिवेशन यही माघ २५ गते हुदैछ । नगर उद्योग वाणिज्य संघमा १२३९ जना व्यवसायीले नविकरण गराएका छन् ।