नमुना बिद्यालय बनाउन सिमरामा अन्र्तक्रिया

ए वान डेस्क
१३ फाल्गुन २०७४, आईतवार १८:५०

जितपुरसिमरा उपमहानगरपालीकाको वडा नम्बर २ मा नेपाल राष्ट्रिय माध्मामिक बिद्यालय जिल्लाको नमुना बिद्यालयमा छनौट भएसंगै नमुना बिद्यालय निर्माणका लागी पहल सुरु भएको छ । आइतबार बिद्यालयले सरोकारवालासंग अन्र्तक्रिया कार्यक्रमको आयोजना गरी नमुना बिद्यालयका लागी गुरु योजनाको खाका बनाउने तयारीमा लागेको छ ।

अन्र्तक्रिया कार्यक्रममा बोल्दै जितपुरसिमरा उपमहानगरका मेयर डा. कृष्ण पौडेलले यस बिद्यालयलाई नमुना बिद्यालय निर्माणका लागी आवस्यक पर्ने कुनैपनि सहयोग र परामर्श दिन आफु पछि नपर्ने बताए । उनले यस बिद्यालयले हालसम्म पनि सिमराको गौरवका रुपमा सामुदायिक बिद्यालयलाई नै चुनौति दिनेगरी प्रभावकारी पठनपाठन गराइरहेको भन्दै आगामी दिनमा प्राबिधिक शिक्षालयको समेत आवस्यक रहेको हुँदा बिद्यालयले दिर्घकालिन रणनितिका साथ बिद्यालयलाई आधुनिक बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, समाजसेवी मुकुन्द बहादुर क्षेत्री, माओवादी केन्द्रका नेता राजन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा बिभाग अनतर्गतको सामुदायिक बिद्यालय ब्यबस्थापन शाखाले नमुना बिद्यालय छनोट सम्बन्धमा जिल्ला शिक्षा कार्यालयलाई जारी गरेको पत्र अनुसार नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय नमुना बिद्यालयमा छनोट हुन सफल भएको थियो ।

बिद्यालयको भौतिक पुर्वाधार, विद्यार्थी संख्या, शैक्षिक गुणस्तर, सिर्जनात्मक क्रियाकलाप लगायत अन्य पक्षहरुका अधारमा बिद्यालय नमुनामा छनोट भएको हो । छनोट भएसंगै बिद्यालयले आगामी ५ बर्षभित्र आधुनिक र प्रबिधि युक्त र सुबिधाजनक शैक्षणिक ब्यवस्थापन गरी बिद्यालयलाई नमुना बिद्यायलमा परिणत गर्ने बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष राजेन्द्र गौतमले बताए ।

उनका अनुसार नमुना बिद्यालय निर्माणका लागी बिज्ञहरुको टोली छनोट लागी सुचना प्रकाशित गरिसकिएको छ । सरकारको लगानी र बिद्यालयको ब्यवस्थापनमा जिल्लामा नमुना र आधुनिक बिद्यालय निर्माणका लागी कसरत सुरु भएको बिद्यालयका प्रध्यानाध्याम शंकर कुमार आचार्यले जानकारी दिए ।

बि.सं. २०१४ सालमा प्राथमिक तहमा स्थापना भएको सो बिद्यालयले २०२८ सालमा नि.मा.बि. को पठनपाठन सुरु गरेको थियो । त्यसैगरी २०४३ सालमा माध्मामिक तह कक्षा ९ र १० पठनपाठन सुरु गरेको थियो । २०५४ सालमा उ.मा.बि. को सम्बन्धन ल्याउन सफल भएको सो बिद्यालयले हाल नेपाल सरकारको परिमार्जित शैक्षिक नितिलाई समेत अबलम्बन गरी माध्यामिक तह अन्तर्गत कक्षा १ देखी १२ सम्मको पठनपाठन गराइरहेको छ ।

यस अघि कक्षा ११ र १२ लाई उच्च माध्यामिक शिक्षा परिसदले मध्य तराईकै उत्कृष्ट उच्च माबिका रुपमा घोषित गरेको थियो । यस पटक भने नेपाल सरकारले नै नमुना बिद्यालयमा छनौट गरेर बिद्यालयको मनोबल बृद्धि गरेको बिद्यालय परिवारले बताएको छ ।

२०६८ सालदेखी नै अंगेजी माध्यमबाट कक्षा संचालन गर्न सुरु गरेको बिद्यालयले हाल कक्षा १ देखी १२ सम्मनै अंग्रेजी र नेपाली दुबै माध्यममा अध्यापन गराइरहेको छ । स्थापना कालदेखी नै स्तरिय पठनपाठन र मर्यादिन परिक्षामा नाम स्थापित गराउन सफल बिद्यालयमा हाल कक्षा १ देखी १२ कक्षामा १ हजार ८ सयको हाराहारीमा बिद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*