जीतपुरसिमरामा नवजात शिशु फेला

ए वान डेस्क /
जीतपुरसिमरा उप–महानगरपालिकाको वडा नम्बर १ स्थित पथलैयामा आज विहान वेवारिसे अवस्थामा जवजात शिशु भेटिएको छ । इलाका प्रहरी कार्यालय सिमराले दिएको जानकारी अनुसार पथलैयास्थित तिन नम्बर पुल नजिक सडक किनारामा वेवारिसे नवजात शिशु फेला परेको हो ।
सडक किनारामा कपडामा बेरेर फ्याँकिएको अवस्थामा स्थानीयले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नवजात शिशुको उद्दार गरि अहिले सिमरामा उपचार गराईरहको छ ।
प्रहरीको निगरानीमा सिमराको अल्पाईन अस्पतालमा शिशुको उपचार भईरहेको प्रहरी नीरिक्षक भुवन भट्टले जानकारी दिनुभयो । नवजात शिशुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।