नगर उद्योग बाणिज्य संघको अधिवेशन अध्यक्षको हलमा, मन्त्री सोनलले उद्घाटन गर्ने

ए वान डेस्क /
यही फागुन २१ गते हुन लागेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको प्रथम नगर अधिवेशनको तयारी अन्तिम चरणमा रहेको छ । नगर उद्योग वाणिज्य संघका महासचिव मोहनशर्मा लामिछानेका अनुसार अधिवेशनको तयारी धमाधम भईरहेको छ ।
अधिवेशनको भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्ने लामिछानेले जानकारी दिनुभयो । अधिवेशन जीतपुरस्थित जय लक्ष्मी हलमा गर्ने तयारी गरिएको छ । सो अध्यक्ष अहिलेका अध्यक्ष घनश्याम गिरिको हो ।
२१ गते हुने पहिलो अधिवेशनसहितको साधारणसभाले नया कार्यसमिति चयन गर्नेछ । संघको नेतृत्व लिन मात्रै आधा दर्जन भन्दा बढिले आकांक्षा देखाएका छन् ।