संयमित भएर होलि मनाउन बारा प्रहरीको आग्रह ‘सुचनासहित’

ए वान डेस्क
१६ फाल्गुन २०७४, बुधबार ०८:५९

ए वान डेस्क /

जिल्ला प्रहरी कार्याल्य बाराले संयमित भएर होलि बनाउन सबैलाई आग्रह गरेको छ । होलि पर्वको पुर्व संध्यामा सुचना नै निकालेर जिल्ला प्रहरी कार्यालय बाराले यस्तो आग्रह गरेको हो । यस्तो छ बारा प्रहरीले जारी गरेको सुचना

जथाभावी मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, दुर्घटनाबाट बचौं ।
महिला तथा बालबालिका माथी ईच्छाबिपरित लोला हान्ने नगरौं, सभ्य नागरिकको परिचय दिऊ ।
अश्लिल भिडियोहरु टिभी च्यानलहरुमा प्रदर्शन नगरौं, सभ्य समाजको सृजना गरौं ।
होली पर्बमा कालो मोसो, मोबिल, रङ्गरोगन दली कुरुप नबनौं, शरिरमा असर गर्न सक्छ ।
पर्बको नाममा छाडा गितहरु ठुलो आवाजमा बजाएर बजार परिक्रमा नगरौं, शान्तमय वातावरणमा होली मनाऔं ।
होली पर्ब उमंगसाथ मनाऔं, आपसमा झै-झगडा नगरौं ।
होली पर्बको बाहानामा चिट्टा पर्यो भनि दलालले फसाउन सक्छन, आफैं सचेत बनौं ।
होली पर्बमा पाकेटमार र चोरहरुको बिगबिगी हुन सक्दछ, निगरानी गरौं ।
होली पर्बमा जुवा, तास नखेलौं, जरिवाना र सजायबाट बचौं ।
कोही कसैले ईच्छा बिपरित लोला हान्ने र जिस्काउने गरेमा नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरी सहयोग गरौं ।

जिल्ला प्रहरी कार्यालय, बारा
फोन नं ९८५५०४५१०१
            १००

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*