बाराका बजारमा ‘ह्यापी होली’, किनमेल गर्नेको भिड

ए वान डेस्क
१६ फाल्गुन २०७४, बुधबार ०९:५८

ए वान डेस्क /

बारामा होलि पर्वको लागि किनमेल गर्नेहरुको चहलपहल बढेको छ । रङहरूको पर्व होलीले जिल्लाका बजारमा ग्राहक र व्यपारीको चहल–पहल बढेको हो । जिल्लाको जीतपुरसिमरा, कलैया, परवानिपुर, निजगढसंगै ग्रामिण भेगमा समेत चहलपहल बढेको पाईएको छ ।

बजारमा होलीका टिसर्ट, रङ, पिच्कारी, बेलुन किन्न ग्राहकको घुइँचो लागेको देखिन्छ । होलीमा रङ, टिसर्ट, पिच्कारी, बेलुनको बिक्री बढ्दो छ । पसलभरी ‘ह्यापी होली’ लेखिएको टिसर्ट झुन्डाइएका देखिन्छन् । होलीका टिसर्ट पाइने पसलमा ग्राहकको भीडभाड छ । व्यापारीलाई पनि होलीका सामान बिक्री गर्न भ्याइ–नभ्याइ छ ।

होलीमा प्रिन्टेड सेता टिसर्ट, रङ, पिच्कारी, बेलुन, पेन्टको बिक्री बढेको जीतपुरका व्यापारी राजु हुेसनले बताउनुभयो । बजारमा ‘ह्याप्पी होली’, ‘आयो होली’, ‘दाजुभाइ होली’ लगायत प्रिन्ट गरिएका सेता टिसर्टले युवाको ध्यान तानिरहेका छन् ।

बजारमा एक सय ५० रुपैयाँदेखि होलीका टिसर्ट किन्न पाइन्छन् । बजारमा पिच्कारी ५० रुपैयाँदेखि दुई हजारसम्मका उपलब्ध छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*