होलीको अवसरमा टेलिकमको छुटैछुट

ए वान डेस्क
१६ फाल्गुन २०७४, बुधबार २३:१५

होलीको अवसरमा नेपाल टेलिकमले ग्राहकलाई छुट दिने भएको छ ।

टेलिकमले बिहीबारदेखि चैत १ गतेसम्म टेलिफोन शुल्क तथा इन्टरनेट शुल्कमा छुट दिने भएको हो । जिएसएम प्रिपेड प्रयोगकर्ताले ३५ रुपैयाँमा ३ दिनसम्म राति १० बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड फोन गर्न सक्ने टेलिकमले जनाएको छ ।

यस्तैे ५० रुपैयाँमा २४ घन्टासम्म अनलिमिटेड इन्टरनेट डाटा र राति १० बजेदेखि बिहान ६ बजेसम्म २५ रुपैयाँमा १ जिबी डाटा पाइने टेलिकमले जनाएको छ । यस्तै २५ रुपैयाँमा १ घन्टासम्म फोन, एसएमएस र डाटा चलाउन सकिनेछ । यसको लागि जीएसएम मोबाइलबाट स्टार १४१५ ह्यास डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*