निकुञ्ज कार्यालयमा ‘युवाको जागरण बाघ चितुवाको संरक्षण’

ए वान डेस्क
१९ फाल्गुन २०७४, शनिबार १३:५२

ए वान डेस्क /

पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सम्बद्ध सबै पक्ष एकजुट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । चौथो चोरि शिकार नियन्त्रण राष्ट्रिय युवा जागरण अभियानको अवसरमा आधाभारस्थित निकुञ्ज कार्यालयमा आयोजित ‘युवाको जागरण बाघ चितुवाको संरक्षण’ कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ्गले बन र बन्यजन्तुको संरक्षण गर्नु आजको आवश्यक्ता भएको बताउनुभयो । कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले बन संरक्षण बिना पर्र्यटन प्रवद्धन नहुनेभन्दै त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बिभिन्न बन समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका कार्यालय सचिव रामप्रसाद अधिकारीले जानकारी दिनुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको  सञ्चालन रेञ्जर विनयकुमार झाले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*