बाराका सासंदले छुट्टा–छुट्टै भाषामा लिए सपथ

ए वान डेस्क /
बाराका प्रतिनिधिसभा सासंदहरुले आज छुट्टा–छुट्टै भाषामा सपथ लिएका छन् । चार वटा निर्वाचन क्षेत्र मध्य २, ३ र ४ का सासंदले भोजपुरी र क्षेत्र नम्बर १ का सासंदले नेपालीमा सपथ लिएका हुन् ।
जिल्लाबाट नेपाली काग्रेस, संघिय समाजवादी फोरम र राजपाबाट गरी चार जना सासंद निर्वाचित भएका थिए । क्षेत्र नम्बर १ मा काग्रेसका उमाकान्त चौधरी, २ मा फोरमका रामसहाय यादव, ३ मा फोरमकै रामबाबु प्रसाद यादव र ४ मा राजपाका एकवाल मिया विजयी हुनुभएको थियो ।
चारै जनाले प्रतिनिधिसभाका जेष्ठ सासंद महन्त ठाकुरबाट सपथ लिएका हुन् ।