खाद्य मेलाको तयारी अन्तिम चरणमा

ए वान डेस्क
२० फाल्गुन २०७४, आईतवार १८:५५

ए वान डेस्क /

बाराको सिमरामा हुने खाद्य मेला प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी तयारी बारे जानकारी दिएको हो । ३ दिनसम्म चल्ने मेलामा झन्डै १०० वटा स्टल राखिने कार्यालय प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो ।

परमपरागत रुपमा रहेका खाद्य प्रदर्शन, सचिवालय मार्फत बिभिन्न प्रविधिको बिषयमा जनकारी गराउने र घरेलु उत्पादनको प्रचार गर्ने उदेश्यका साथ सिमरामा मेला आयोजना गर्न लागिएको रिजालले जानकारी दिनुभयो । खाद्य मेला प्रदर्शनी सिमराको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा यही २४, २५ र २६ गते हुदैछ ।

मेलामा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आफ्नो प्रस्तुति देखाउने मेलाका सास्कृतीक बिभाग प्रमुख विकाश पाण्डेले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, उपमहानगरपालिकाका प्रशासकिय अध्यक्ष रामकृष्ण उप्रेती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*