नेपालको २०० रन पूरा, जितका लागि आवश्यक रनरेट २० भन्दा माथि

ए वान डेस्क
२० फाल्गुन २०७४, आईतवार २०:०९

विश्वकप छनोट अन्तरगतको पहिलो खेलमा जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४१ ओभरको समाप्तिमा २०० रन बनाएको छ । नेपाललाई अब जितका लागि ९ ओभरका १८१ रन आवश्यक रहेको छ । यो लगभग असम्भव जस्तै देखिन्छ ।

४८ बलमा ६ चौका र एक छक्कासहित ५२ रन बनाएका शरद भेषावकर सिकन्दर राजाको बलमा एलबीडब्ल्यू आउट भएका हुन् । चौथो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ५९ बलमा ३ चौकासहित ३२ रन बनाएका मल्ललाई एजी क्रेमरले आउट गरेका हुन् ।

यसअघि तेस्रो विकेटका रुपमा २८ बलमा ३ चौकासहित २३ रन बनाएका दिपेन्द्रसिंह ऐरीलाई सिकन्दर राजाले आउट गरेका हुन् । यसअघि नेपालले दोस्रो विकेटका रुपमा पारस खड्कालाई गुमाएको थियो । पारसले ३७ बलमा ८ चौकासहित ४० रन बनाए । ओपनर दिलिप नाथ तेन्दाई चतराले दुई रनमै आउट गरे ।
उज्यालो अनलाईनबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*