नगर उद्योग वाणिज्य संघको प्रथम अधिवेशन आज

ए वान डेस्क /
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको प्रथम अधिवेशन आज हुदैछ । अधिवेशनको एक कार्यक्रमकाबिच आज भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले उद्धघाटन गर्ने कार्यक्रम छ ।
अधिवेशन जीतपुरस्थित जय लक्ष्मी हलमा बिहान ११ बजेपछि शुरु हुने संघका महासचिव मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो । प्रथम नगर अधिवेशन २ भागजमा बिभाजन हुनेछ ।
शर्माका अनुसार पहिले उद्घाटन हुनेछ भने दोश्रोमा बन्द शत्र शुरु हुनेछ । आज हुने साधारणसभा सहितको पहिलो नगर अधिवेशनले नया कार्यसमिति समेत चयन गर्नेछ ।
नया कार्यसमिति चयन गर्नको लागी भने चैत्र २ गते चुनावको मिति तोकिएको छ ।