जनभावना अनुसार काम गर्नुस् : मन्त्री सोनल

ए वान डेस्क
२२ फाल्गुन २०७४, मंगलवार ०७:५५

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले स्थानिय सरकारले देशको समग्र बिकास र समृद्धिलाई डोहो¥याउने बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा सोमबार आयोजित नेपाल नगरपालिका संघको प्रथम दुई नम्बर प्रदेश स्तरिय प्रादेशिक भेलालाई सम्बोधन गर्दै मन्त्री सोनलले देशकै मेरुदण्डको रुपमा रहेको स्थानिय सरकारले समग्र बिकासको प्रमुख आधार रहेको बताए ।

स्थानिय सरकारले आफनो तह समृद्ध बनाए देश समृद्धि हुन समय नलाग्ने उनको भनाई थियो । ब्यवस्थापिका, न्यायपालिका र कार्यपालिकाको अधिकार पाएको स्थानिय सरकारसंग जनताको चाहना र अपेक्षा पनि धेरै रहेको भन्दै मन्त्री सोनलले जनभावना अनुरुप काम गर्न सुझाव दिए । मन्त्री सोनलले स्थानिय सरकारले पादरर्शी र सुशासन कायम राखेर काम गर्न सके समृद्ध देश निर्माणको अभियानमा ठुलो सहयोग पुग्ने बताए । मन्त्री सोनलले जिम्मेवार भएर काम गर्न स्थानिय सरकारलाई आग्रह समेत गरेका छन् ।

विभिन्न राजनितिक दलबाट निर्वाचित भएर जनप्रतिनिधि भएपनि बिकासका काममा दलिय बिचार भन्दा माथी उठेर काम गर्नुपर्ने उनको भनाई थियो । भेलाको अध्यक्षता गरेका नगरपालिका संघको अधिवेशन तयारी समितिका संयोजक एवम् धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक बेन्जुले संघिय संरचनापछि सम्पन्न स्थानिय तह निर्वाचनबाट बनेको स्थानिय सरकारलाई संगठित गर्न नगरपालिका संघ सक्रिय रहेको बताए ।

भेलामा अधिवेशन तयारी समितिका सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले संविधान र व्यवस्थाले स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएपनि काम गर्न विभिन्न प्रकारका समस्याहरु सिर्जना भइरहेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । केन्द्र र प्रदेश सरकारलले सहजीकरण गरेर स्थानिय सरकार सञ्चालनलाई सहज बनाउन र स्थानिय सरकारले प्राप्त अधिकार कार्यान्यवनमा ल्याउन पहल गर्नुपर्ने डा. पौडेलको भनाई थियो ।

भेलामा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगी, जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहसहित प्रदेश २ भित्रका ७७ वटा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख सहभागि थिए । भेलाले परोहा नगरपालिका रौतहटका नगर प्रमुख शेष ओकिलको संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटि गठन समेत । कमिटिको सदस्यमा निजगढ नगरपालिका नगरप्रमुख सुरेशकुमार खनाल, जीतपुरसिमरा उमपहानगरपालिकाकी उपप्रमुख सरस्वती चौधरीलगायत रहेको नगरपालिका संघका कार्यकारी सचिव कलानिधि देवकोटाले जानकारी दिए । संघले बुधवार प्रदेशको भेला आयोजना गर्दैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*