सिमरामा व्यापार मेला तथा खेलकुद महोत्सव हुने

ए वान डेस्क
२२ फाल्गुन २०७४, मंगलवार १२:१३

बाराको सिमरामा यही चैत्र ९ गतेदेखि प्रथम सिमरा औद्योगिक व्यापार मेला तथा खेलकुद महोत्सव २०७४ हुने भएको छ । आयोजक नव दुर्गा युवा क्लब सिमराले आज सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी मेला आयोजना बारे जानकारी दिएको हो ‘आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवं व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सिमरा रंगशालामा हुन लागेको मेला १० दिनसम्म चल्नेछ ।

मेला औद्योगिक शान्ति नेपाल र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा हुन लागेको हो । मेलाको सह–आयोजकको रुपमा भेट्रान फुटबल समुह सिमरा, ईभेन्ट पार्टनरको रुपमा हाम्रो समन क्याम्प हेटौडा, अफिसिएल मिडिया पार्टनरको रुपमा ए वान समाचार डटकम रहेको छ । महोत्सवमा झन्डै ४०० स्टल रहने आयोजक मुल समारोह समितिका संयोजक हरि चौधरीले जानकारी दिनुभयो ।

चौधरीका अनुसार ५० हजार भन्दा बढि दर्शकले महोत्सव हेर्नेछन् भने करिव २ करोड बराबरको करोवार हुनेछ । महोत्सव सिसि टिभिको निगरानीमा हुने चौधरीले बताउनुभयो ।

मेलाका आकर्षणहरु

अटोमोबाईल प्रदर्शनी,
कृषि तथा हस्तकालको प्रदर्शनी
४ दर्जन भन्दा बढि कलाकारहरुद्धारा गायनको बेजोड प्रस्तुती
राष्ट्रिय तथा स्थानीय खाना महोत्सव
बिभिन्न ब्रान्डका मोबाईल तथा ईलोक्टोनिक्स सामानको प्रदर्शनी
वाल उद्यान(रोटेपिङ, नाउ, ड्रेगन टे«न, बे्रक डान्स झुला, सर्कस, नागिन, हेलिकप्टर बच्चाको खेल, मिक्कि माउस, जगपिग, स्विमिङ पुल, चिडिया घर, भुत घर)
लत्ता कपडा तथा भाडाकुडाको प्रदर्शनी
नृत्य प्रतियोगिता
सास्कृतीक प्रदर्शनी
व्यापार तथा पर्यटकीय प्रदर्शनी
सिमरा आईडल
डान्स प्रतियोगिता
निशुल्क स्वास्थ्य शिविर
साथमा चर्चित लोक गायक÷गायिकाहरुद्धारा दोहोरी गित प्रस्तुत
साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती

खेलकुद महोत्सव

१० दिनसम्म खेलकुद महोत्सवसमेत हुनेछ । आयोजकले दिएको जानकारी अनुसार खेलकुद महोत्सवमा १६ वटा टिमले सहभागीता जनाउनेछन् । खेलकुद उप समितिका संयोजक समिर आलेका अनुसार एक दिन महिला फुटबल प्रतियोगिता समेत हुनेछ ।

सिमरा रंगशालामै हुने प्रथम भेट्रान कप सिमराको बिजेताले १ लाख रुपैया पुरस्कार पाउनेछ भने उप–बिजेताले ५० हजार पाउनेछ । खेलकुद महोत्सवमा कुस्ति प्रतियोगितासमेत हुने आलेले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा संयोजक हरि चौधरी, सचिव शैलेस अर्याल, सह–संयोजक आरिफ हुसेन, सदस्यहरु सोमलाल बम्जन, समिर आले लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस संयोजक प्रदिप गौतमले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*