बारा प्रहरीद्धारा अवैद्य कुखुरा नष्ट

ए वान डेस्क /
जिल्ला प्रहरी कार्यालय बाराले आज अवैद्य प्रतिबन्धीत कुखुरा नष्ट गरेको छ । जिल्लाबाट खटिएको प्रहरी टोलिले कलैया उप–महानगरपालिका वडा नं.७ बरेवाबाट ५२ वटा अवैद्य प्रतिबन्धीत कुखुरा बरामद गरेको हो ।
भारतबाट भन्सार छली चोरी पैठारी गरी अबंैध रुपमा नेपाल ल्याईएको कुखुराको मुल्य झन्डै ५२ हजार बराबरको रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अवैद्य कुखुरा जिल्ला पशु व्यवसायी संघका प्रतिनिधी, पत्रकार, स्थानिय भद्र भलादमीहरुको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।