सिमरामा व्यापार मेला तथा खेलकुद महोत्सवको तयारी तिब्र

ए वान डेस्क /
बाराको सिमरामा हुन लागेको प्रथम सिमरा औद्योगिक व्यापार मेला तथा खेलकुद महोत्सव २०७४ को तयारी तिब्र रुपमा भईरहेको छ । आयोजकले दिएको जानकारी अनुसार बिभिन्न उप–समितिमार्फत अहिले धमाधम काम भईरहेको छ । मेलालाई भब्य रुपमा सफल पार्न हरि चौधरीको संयोजकत्वमा बिभिन्न उप–समिति गठन गरिएको छ ।
‘आपसी सद्भावको पहिचान सिमरालाई नमुना एवं व्यापारिक केन्द्र बनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सिमरा रंगशालामा यही चैत्र ९ गतेदेखि १९ गतेसम्म महोत्सव हुदैछ ।
फिल्ड अवलोकन
महोत्सव हुने स्थल सिमरा रंगशालाको आज बिहान आयोजकको टोलिले अवलोकन गरेको छ । मुख्य आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महत नेतृत्वको टोलिले रंगशालाको आज विहान अवलोकन गरेको हो । रंगशाला अवलोकन गर्दे टोलिले भोलिदेखि नै फिल्ड व्यवस्थापनको काम थाल्ने बताएको छ ।
आयोजक मुल समारोह समितिका संयोजक हरि चौधरीले महोत्सवको तयारी तिब्र रुपमा भईरहेकोभन्दै भोलिदेखि नै फिल्ड व्यवस्थापनको काम थालिने बताउनुभयो । अवलोकन कार्यक्रममा औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महत, संयोजक हरि चौधरी, सह–संयोजक आरिफ खान, सचिव शैलेस अर्याल, सदस्यहरु समिर आले, सोम लामा लगायतको उपस्थिति रहेको प्रेस संयोजक प्रदिप गौतमले जानकारी दिनुभयो ।
मेला औद्योगिक शान्ति नेपाल र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा हुन लागेको हो । मेलाको सह–आयोजकको रुपमा भेट्रान फुटबल समुह सिमरा, ईभेन्ट पार्टनरको रुपमा हाम्रो समन क्याम्प हेटौडा, अफिसिएल मिडिया पार्टनरको रुपमा ए वान समाचार डटकम रहेको छ ।