बाराका प्रहरी प्रमुख अब आफै साईकल चढेर शर्वसाधारणको घर घरमा पुग्ने

ए वान डेस्क
२३ फाल्गुन २०७४, बुधबार १७:५८

ए वान डेस्क /

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवार अब शर्वसाधारणको घर घरमा पुग्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले आजदेखि सञ्चालनमा ल्याएको ‘प्रहरी नागरीकको घरदैलोसम्म पुग्ने कार्यक्रम’ अन्र्तगत प्रहरी प्रमुख बैदवार शर्वसाधारणको घर घरमा पुग्न लागेका हुन् ।

घर घरमा पुगेर शर्वसाधारणको समस्या, गुनासो बुझ्ने र समाजलाई सभ्य, सु–संस्कृत एवं अपराधमुक्त बनाउने उदेश्यका साथ यस्तो अभियान सञ्चालनमा ल्याईएको प्रहरी प्रमुख बैदवारले जानकारी दिनुभयो । बैदवार नेतृत्वको टोलि कलैयाको भरतचोक, देवकोटा चोक, बरेवा चोक, राजदेवी मन्दिर, रामराजा बहुमुखि क्याम्पस लगायत २५ स्थानमा पुग्नेछ ।

प्रहरीको काम कारवाही सम्बन्धमा नागरिकसँग सुझाव लिने तथा दिनदिनै बढ्दै गईरहेको महिला हिंसा, समाजिक कुरुती, दाईजो प्रथा, बालविवाह, चोरी, लागुऔषध दूव्यसनी, समाजिक संजालको दूरुपयोगबाट श्रृजित समस्यालाई न्यूनिकरणगर्न पनि नागरिकको भूमिका सम्बन्धमा सचेतनात्मक कार्यक्रम आयोजना गरिएको प्रहरी प्रमुख बैदवारले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*