बाराका विगु लागुऔषधसहित काठमाण्डौबाट पक्राउ

ए वान डेस्क /
लागुऔषधसहित कारोबारमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । झण्डै २३ लाख बजार मूल्य रहेको लागुऔषधसहित ३ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।
लागुऔषधसहित नुवाकोट तलाखु १ का वर्ष २५ का सुनिल घिमिरे, बाराका विगु रायभर र भारत दरभंगा घर भएका २६ वर्षीय महम्मद रियाजुदिनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका ३ मध्ये घिमिरेलाई काठमाडौं जैसिदेवल, रायभर र रियाजुदिनलाई भने काठमाडौं परोपकार पुलबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर टेकुले बताएको छ ।
घिमिरेबाट २ सय ३ थान डाइजाल्याप, नुफिन, र फेनारागन बरामद गरिएको छ । रायभर र रियाजुदिनबाट ग्रिजले छोपी राखेको अवस्थामा १८ केजीको बाल्टिनमा हजार सेट, ५ केजीको बाल्टिनमा ५ सय र जेब्रा झोलाबाट एक सय सेट डाइजाल्याप, नुफिन र फेनारागन बरामद भएको हो । साथै एक थान ल्यापटप र एक थान गाँजा पेल्ने मेसिन बरामद गरिएको सामान प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
प्रकाउ परेका सुनिल घिमिरे काठमाडौंमा डिलर नै सञ्चालन गरी बसिरहेको र २ जना रायभर र रियाजुदिन भने कारोबार ओसारपसारमा काम गर्ने अनुसन्धानबाट खुलेको छ । बरामद गरिएको लागुऔषधबाट सामान्य अवस्थामा एक हजारदेखि १५ सयसम्म एकपटक प्रयोग गर्दा खर्च गरी कारोबार हुने गरेको प्रहरीले जनाएको छ । तराईका नाकाहरुबाट नेपाल भित्रने र उपत्यकामा ठूलो मात्रामा संकलन गरी सानो–सानो रुपमा वितरण गरी कारोबार हुने गरेको भेटिएको हो ।
रक्सौल नाका तथा विराटनगर रानी भन्सारबाट अत्याधिक रुपमा भित्रिने गरेको अनुसन्धानबाट खुल्न आएको महानगरीय प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी नायव उपरीक्षक टकंनन्द इवा लिम्बूले बताउनुभयो ।