जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा भोलि मनोनयन
ए वान डेस्क /
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयन गर्न भोलि मनोनयन दर्ता हुदैछ । मनोनयन दर्ताको समय आज बिहानको लागि तोकिएपनि जितपुरमा एक जना व्यवसायीको मृत्यु भएपछि भोलिका लागी सारिएको हो ।
जीतपुरका मेडिकल व्यवसायी प्रकाश वर्णवालको मृत्यु भएपछि मनोयन भोलिका लागि सारिएको अध्यक्षका दाबेदार मोहनशर्मा लामिछानेले जानकारी दिनुभयो । भोलि बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म मनोनयन दर्ता गर्न सकिने उहाले बताउनुभयो ।















