सिमरामा आजदेखि आद्य मेला प्रदर्शनी हुदै

ए वान डेस्क
२४ फाल्गुन २०७४, बिहीबार ०७:३६

ए वान डेस्क /

बाराको सिमरामा आजदेखि खाद्य मेला प्रदर्शनी हुदैछ । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाको आयोजनामा सिमराको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा आजदेखि मेला शुरु हुन लागेको हो ।

मेलाको प्रदेश नम्बर २ का कृषि भुमि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले उद्घाटन गर्ने क्षेत्रिय कार्यालय हेटौडाका प्रमुख राजकुमार रिजालले जानकारी दिनुभयो । ३ दिनसम्म चल्ने मेलामा झन्डै ५० वटा स्टल रहने रिजालले जानकारी दिनुभयो । परमपरागत रुपमा रहेका खाद्य प्रदर्शन, सचिवालय मार्फत बिभिन्न प्रविधिको बिषयमा जनकारी गराउने र घरेलु उत्पादनको प्रचार गर्ने उदेश्यका साथ सिमरामा मेला आयोजना गर्न लागिएको हो ।

आजदेखि शुरु हुने मेला चैत्र २६ गतेसम्म चल्नेछ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आफ्नो प्रस्तुति देखाउने मेलाका सास्कृतीक बिभाग प्रमुख विकाश पाण्डेले जानकारी दिनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*