सिमरामा तिनदिने खाद्य मेला शुरु, राज्यमन्त्रीले गरे उद्घाटन

ए वान डेस्क /
बाराको सिमरामा आजदेखि खाद्य मेला प्रदर्शनी शुरु भएको छ । क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाको आयोजनामा सिमराको नेपाल राष्ट्रिय माद्यामिक बिद्यालयमा आजदेखि ३ दिने मेला शुरु भएको हो । मेलाको प्रदेश नम्बर २ का कृषि भुमि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे यादवले कृषि क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाले कृषि क्षेत्रको आधुनिककरण गर्दे प्रदेश सरकार समृद्ध योजनासहित अघि बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सुन्दर बिश्वकर्माले सरकारले कृषि क्षेत्रको विकासमा बिशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु सिता गुरुङ्ग, शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेल, उप–प्रमुख सरस्वती चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष जगरनाथ घिमिरे लगायत बिभिन्न संघ संस्थाका व्यक्ति, राजनिति दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । ३ दिनसम्म चल्ने मेलामा झन्डै ५० वटा स्टल छन् ।
परमपरागत रुपमा रहेका खाद्य प्रदर्शन, सचिवालय मार्फत बिभिन्न प्रविधिको बिषयमा जनकारी गराउने र घरेलु उत्पादनको प्रचार गर्ने उदेश्यका साथ सिमरामा मेला आयोजना गरिएको हो । आजदेखि शुरु भएको मेला चैत्र २६ गतेसम्म चल्नेछ ।
मेलामा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आफ्नो प्रस्तुति देखाउने मेलाका सास्कृतीक बिभाग प्रमुख विकाश पाण्डेले जानकारी दिनुभयो ।