बारामा आजदेखि ३ दिने माछा महोत्सव शुरु

बारामा आजदेखि ३ दिने माछा महोत्सव शुरु भएको छ । माछा व्यवसायी संघ बाराको आयोजनामा जिल्लाको कोल्हवी बजारमा आजदेखि ३ दिने महोत्सव शुरु भएको हो ।
महोत्सवको आज एक कार्यक्रमकाबिच कोल्हवी नगरपालिकाका नगर प्रमुख भरतबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दे भण्डारीले कोल्हवीलाई समृद्ध नगरपालिका बनाउने प्रतिवद्धता जनाउनुभयो । ‘यहा गर्नुपर्ने धेरै कुराहरु छन्, कृषिको हिसावले पनि गर्नुपर्ने धेरै छ, यी सबैलाई समेटेर कोल्हवीलाई समृद्ध बनाउनेतिर मेरो ध्यान जानेछ’ उहाले भन्नुभयो ।
कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक रहेकोभन्दै उहाले सबैको साथ र सहयोगले मात्र नगरपालिका समृद्ध बन्ने बताउनुभयो । ‘यस्ता महोत्सवले नगरपालिकालाई समृद्ध बन ाउन धेरै सहयोग पुग्ने मैले बिश्वास गरेको छु, हामी यस्ता किशिमका महोत्सवमा सधैभरी साथ, सहयोग र समर्थन गर्न तयार छौ’ उहाले भन्नुभयो ।
कार्यक्रममा बोल्दै करैयामाई गाउपालिकाका अध्यक्ष भुवनेश्वर धामीले यस्ता महोत्सवले बाराको पहिचान थप स्थापित हुने बताउनुभयो । बारालाई राष्ट्रिय स्तरसम्म चिनाउन माछा व्यवसायी संघले खेलेको भुमिकाको प्रशंसा गर्दे उहाले महोत्सवलाई आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा बोल्दै माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहले सबैको साथ र सहयोगले कोल्हवीमा आफुहरु महोत्सव गर्न सफल भएकोभन्दै आगामी दिनमापनि यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा माछा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष अम्बिका अधिकारी, केन्द्रिय बरिष्ठ उपाध्यक्ष मधुसुदन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमकाबिच संघले बिभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संघले सुर्य कमल प्रा.लि बल्खु कृषि तरकारी बजारका निर्देशक रामकृष्ण कुवर र श्रेष्ठ एग्रिपुटका सञ्चालक गोविन्द श्रेष्ठलाई सम्मान गरेको हो । ३ दिनसम्म चल्ने महोत्सवमा माछाका बिभिन्न स्टलहरु राखिएको छ । महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन् ।
सास्कृतीक संयोजक विकास पाण्डेका अनुसार हजारौ दर्शकको उपस्थितिमा अहिलेपनि राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती देखाईरहेका छन् । महोत्सवको उद्घाटन समारोह अघि कोल्हवी नगरपालिकाको कार्यालय अगाडीबाट सोभा यात्रा निकालिएको थियो । नगरपालिका कार्यालय अगाडीबाट शुरु भएको सोभा यात्राले कोल्हवी बजार परिक्रमा गरेको थियो ।
माछा व्यवसायी संघ बाराका अध्यक्ष जंगबहादुर शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रदिप गौतमले गर्नुभएको थियो । कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र चौधरीले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।