राष्ट्रिय सभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध

फाइल फोटो।
ए वान डेस्क
२८ फाल्गुन २०७४, सोमबार १४:०५

संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा अध्यक्षमा एमाले संसद गणेशप्रसाद निर्विरोध निर्वाचित भएका छन्। राष्ट्रिय सभा अध्यक्षमा तिमिल्सिनाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। निर्वाचित भएको औपराधिक घोषण भने भएको छैन्। बुधबार बस्ने राष्ट्रिय सभा बैठकले मात्रै औपचारिक घोषणा गर्ने संसद सचिवालयले जनाएको छ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन्। उनीहरु तीनै जना राष्ट्रिय सभा अध्यक्षका दाबेदार थिए। पर्वत जिल्लामा तिमिल्सिना प्रदेश ४ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्। तिमल्सिना एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*