नगर उद्योग वाणिज्य संघको चुनाव स्थगित
ए वान डेस्क /
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयन गर्न चैत्र २ गते हुने भनिएको चुनाव स्थगित भएको छ । निर्वाचन नगराउन मुख्य निर्वाचन अधिकृत दामोदर पौडेललाई चौतर्फी दबाब आएपछि चुनाव स्थगित गरिएको स्रोतले दाबी छ ।
चुनाव स्थगित गरिएपनि आधिकारिक सुचना भने जारी गरिएको छैन । यद्धपि मुख्य निर्वाचन अधिकृत पौडेलले चैत्र २ गतेको चुनाव स्थगित गरिएको ए वान समाचारलाई जानकारी दिनुभयो ।
‘चुनाव तत्कालका लागी स्थगित गरिएको हो, हामी सुचना टास्ने तयारी गर्देछौ’ उहाले भन्नुभयो । चुनाव किन स्थगित गरिएको हो ? भन्ने ए वान समाचारको प्रश्नमा मुख्य निर्वाचन अधिकृत पौडेलले निर्वाचन स्थगित हुनुको कारण खुलाउन चाहनुभएन् ।
निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ताका लागी समय तोकिएको थियो ।















