जीतपुरसिमरामा दिनदहाडै ‘निर्णय पुस्तिका’ गायब

ए वान डेस्क /
कार्यतालिका अनुसार जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नया कार्यसमिति चयन गर्न आज उम्मेदवारी फिर्ताको समय थियो । जीतपुरस्थित नगर उद्योग वाणिज्य संघको कार्यालयमा मुख्य निर्वाचन अधिकृत दमादर पौडेल उपस्थित थिए ।
करिव ४ बजेको समयमा विविध कारणले चुनाव गर्न नसकिनेभन्दै मुख्य निर्वाचन अधिकृत पौडेलले चुनाव स्थगित गर्ने घोषणा गरे । पौडेलेको कुरा सुनेर त्यहा रहेका अधिकासं पदाधिकारी कार्यालयबाट बाहिरिए । पौडेलले विविध कारणले चुनाव गर्न नसकिने भन्दै कार्यसमितिका एक जना पदाधिकारीलाई निर्णय पुस्तिका मगाए ।
पौडेलले निर्णय पुस्तिका त मगाए तर ति पदाधिकारीलाई निर्णय पुस्तिका खोज्न झन्डै १५ मिनेट लाग्यो र उनको जवाफ आयो ‘सर माईन्युट त भेटिएन, यतै राखेको हो’ । त्यसपछि मुख्य निर्वाचन अधिकृत पौडेल आफै निर्णय पुस्तिका खोज्न लागे ।
झन्डै आधा घण्टासम्म निर्णय पुस्तिका नभेटिएपछि पौडेलले रिसाउदै भने ‘अब यहि भाको माईन्युटपनि छैन्, यस्तो पाराले कसरी निर्वाचन गर्ने ?’ मुख्य निर्वाचन अधिकृत सहित केहि पदाधिकारी अहिले निर्णय पुस्तिका खोजिरहेका छन् ।