नेपालको पहिलो जित, हङकङलाई पाँच विकेटले हरायो

विश्वकप क्रिकेट छनोट अन्तर्गत नेपालले हङकङलाई पाँच विकेटले जितेको छ । १ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो ।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए ।
यसअघि नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।
यसअघि हङकङले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।
नेपालका सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।
समान अंक भए पनि नेपाल रनरेटकाे अाधारमा अफगानिस्तानभन्दा तल रहेकाले सुपर सिक्समा पुग्न सकेन ।अब नेपालले प्लेअपका लागि पपुवा न्युगिनिसँग खेल्नेछ ।