सिमरा महोत्सव सफल बनाउन सरोकारवालासंग छलफल

ए वान डेस्क /
प्रथम सिमरा औद्योगिक व्यापार मेला तथा खेलकुद महोत्सव २०७४ लाई सफल बनाउन बाराको सिमरामा आज सरोकारवालासंग छलफल कार्यक्रमको आयोजना गरिएको छ । सिमरास्थित होटल सम्यकमा आयोजित छलफल कार्यक्रममा सहभागी सरँेकारवालाले महोत्सव सफल बनाउन आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकता छन् ।
महोत्सव मुल समारोह समितिका सल्लाहाकारसमेत रहेका उनीहरुले महोत्सव सभ्य र भब्य रुपमा सफल बनाउन सम्बद्ध सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । औद्योगिक शान्ति नेपाल काठमाण्डौ र नव दुर्गा युवा क्लब सिमराको मुख्य आयोजनामा चैत्र ९ गतेदेखि शुरु हुन लागेको महोत्सवको तयारी तिब्र रुपमा भईरहेको छ ।
महोत्सव हुने सिमरा रंगशालामा अहिले धमाधम फिल्ड व्यवस्थापन एवं स्टल बनाउने काम भईरहेको छ ।