निजगढ गोल्डकप : आज चितवन र रौतहट भिड्ने

ए वान डेस्क
२९ फाल्गुन २०७४, मंगलवार १३:२८

ए वान डेस्क /

बाराको निजगढमा जारी निजगढ गोल्डकपमा आज हर्दी युवा समाज चितवन र नेपाल खेलकुद क्लब रौतहटबिच खेल हुदैछ । दुवै टिमबिचको तेस्रो क्वाटरफाईनल दिउसो ३ बजेदेखि शुरु हुने सञ्चार संयोजक नवराज चौलगाईले जानकारी दिनुभयो ।

यसअघि हिजोको खेलमा भरतपुर फुटबल क्लवलाई टाईब्रेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै विभागीय टोलि सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा निजगढ गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ । चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक निजगढ युवा क्लव, हिमकस्तुरी क्लव लहान, बीएफसी भरतपुर, एफसी महोत्तरी,नेपाल खेलकुद क्लव रौतहट, हेटौडा एकेडेमी मकवानपुर, हल्दिवा युवा समाज भण्डारा चितवन, जुनियर पुलिस अफिसर्स क्लव चितवन, सशत्र प्रहरी वल पिलुवा बाराको एपीएफ क्लव र चौधरी एघार बाराको सहभागिता रहेको छ ।

प्रतियोगिताको बिजेता टिमलाई नगद १ लाख सहित ट्रफी प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद ५० हजार सहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीले जनही नगद ३ हजारका साथै ट्रफी र हरेक दिन म्यान अफ द म्याच घोषित खेलाडीले नगद १ हजार सहित ट्रफी प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*