निजगढ गोल्डकप : चितवन सेमिफाईनलमा प्रवेश

ए वान डेस्क
२९ फाल्गुन २०७४, मंगलवार २०:५०

हर्दी युवा समाज चितवन निजगढ गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । निजगढ–४ कछडिया खेल मैदानमा आज भएको खेलमा नेपाल खेलकुद क्लव रौतहटलाई टाईबे्रकरमा ५–४ गोल अन्तरले पराजित गर्दै चितवनले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा रौतहट क्वाटर फाईनलबाट बाहिरिएको छ । खेलको २९ औ मिनेटमा रौतहटका राजु पहाडीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयमा चितवनका दिपक चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

टाईबे्रकरमा रौतहटका खेलाडी प्रहार गरेको पेनाल्टी किक चितवनका गोल रक्षक विरेन्द्र राउतले उत्कृष्ठ बचाउ गरेपछि नतिजा चिवतनको पक्षमा गएको हो । टाईबे्रकरमा उत्कृष्ठ बचाउ गरेका चितवनका गोल रक्षक राउत नै खेलको म्यान अफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिता अन्र्तगत फाईनल प्रवेशका लागि बुधबार आयोजक निजगढ युवा क्लब र शसस्त्र प्रहरीको भद्रकाली गण पिलुवा विच खेल हुने खेलका प्रेस संयोजक नबराज चौलागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*