बल्ल उपमहानगरले दियो चासो, क्षतिको विवरण संकल्न गर्ने तयारी

ए वान डेस्क
३० फाल्गुन २०७४, बुधबार १०:११

ए वान डेस्क /

जीतपुरसिमरा उपमहानगरपालिकाले मकैको क्ष्ँेतिको विवरण संकल्न गर्ने भएको छ । उत्तरी क्ष्ँेत्रका हजारौ किशानले लगाएको मकैको घोगाामा दाना नलागेको थाहा पाएपछि आज विहान मेयर डा. कृष्ण पौडेल नेतृत्वको टोलि स्थलग निरिक्षण गर्न गयो ।

स्थलगत निरिक्षणका क्रममा किशानले लगाएको मकैको घोगामा दाना नलागेको भेटिएपछि मेयर पौडेलले विवरण संकल्न गर्ने बिषयमा चासो दिनुभएको हो । निरिक्षणका क्रममा पौडेलले क्षतिको यथार्थ विवरण संकलनका लागि वडा कार्यालय र प्राविधिक कर्मचारीलाई सक्रिय बनाईएको बताउनुभयो ।

उहाले वास्तविक क्षतिको जानकारी तत्काल वडा कार्यालयमा जानकारी गराउनसमेत किशानलाई आग्रह गर्नुभयो । क्ष्ँतिको विवतरण संकल्न भएपछि उचित राहतका लागि जिल्ला कृषि विकास कार्यालयमार्फत सरकारमा पठाउने उपमहानगरपालिकाले तयारी गरेको छ ।

प्रत्यक बर्षझै यसबर्षपनि किशानले लगाएको मकैको घोगाामा दाना नलाग्दा उत्तरी क्षेत्रका किशान चिन्तित बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*