निजगढ गोल्डकप : आज आयोजक र एपीएफ भिड्दै
ए वान डेस्क /
नेपाल आईस चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत फाईनल प्रवेशका लागी आज आयोजक निजगढ युवा क्लव र सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा बाराको एपीएफ क्लवबीच प्रतिस्पर्धा हुदैछ । खेल अपरान्ह ३ बजेदेखि निजगढ स्थित कछाडिया खेल मैदानमा हुने सञ्चार संयोजक नवराज चौलागाईले जानकारी दिनुभयो ।
प्रतियोगिताको क्वार्टरफाईनलमा आयोजक निजगढ विभागीय टोलि जुनियर पुलिस अफिसर्स क्लव चितवनलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफईनलामा प्रवेश गरेको हो भने एपीएफले भरतपुर फुटबल क्लवलाई टाईब्रेकरमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल सम्म अईपुगेको हो ।















