हामी आवश्यक निति निमार्ण तयार गर्देछौ : मुख्यमन्त्री राउत

ए वान डेस्क /
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यातायात क्षेत्रको विकासका निम्ति प्रदेश सरकारले आवश्यक निति निमार्ण गर्ने प्रतिवद्धता जनाउनुभएको छ । तराई यातायात ब्यवसायि संघ सिमराको १३औं साधारण सभालाई सम्बोधन गर्दे मुख्यमन्त्री राउतले यस्तो बताउनुभएको हो ।
मुलुकको आर्थिक विकासमा यातायात ब्यवसायिको ठुलो योगदान रहेको भन्दै मुख्यमन्त्री राउतले नीति निर्माण गर्नेक्रममा व्यवसायीहरुको आवश्यक सल्लाह सुझाव समेत लिईने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले मुलुक नयाँ ब्यवस्थामा गएसंगै सिकाईको क्रम सरु भएको बताउनुभयो ।
आफ्नो मुलुक समृद्धशाली विकसित बनाउन निमित्त आफ्नै क्षमता अभिबृद्धि गर्दै आफ्नै भोगाईबाट सिक्दै अघि बढ्नुपर्ने बताउँदै मन्त्री सोनलले त्यसका लागि निकै चुनौति रहेको भन्दै आप्ठाराहरुलाई चिर्दै अघि बढ्नु पर्ने अवस्था रहेको बताउनुभयो । ट्रक ब्यवसायि महासंघका अध्यक्ष अर्जुन थापाले २० वर्ष पुरानो गाडी जफत गर्ने सरकारी तयारीको विरोध जनाउनुभयो ।
अध्यक्ष थापाले सरकारले ब्यवसायिसंग गरेको सहमति लत्याएको आरोप समेत लगाउनुभयो । संघका अध्यक्ष ओमकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धर, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा. कृष्ण पौडेल लगायतको उपस्थिति रहेको थियो ।