खाना पकाउने बिषयमा झगडा हुदा बारामा आफ्नै साथिको हत्या

ए वान डेस्क /
जिल्ला प्रहरी कार्यालय बाराले घाटिरेटि हत्या गर्ने एक जनालाई पक्राउ गरी आज शार्वजनीक गरेको छ । कलैयामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक राजकुमार बैदवारले सिम्रौनगढमा घाटिरेटि हत्या गर्ने एक जनालाई शार्वजनीक गर्नुभएको हो ।
गत फागुन २५ गते सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ स्थित ताहिद मिया अंसारीको गहु खेतमा भारत बिहारका अजय माझीको घाटिरेटिएको अवस्थामा शव फेला परेको थियो । टाउकोमा धारिलो हतियार प्रहार गरी घाटिरेटिएको अवस्थमा विहार पुर्वि चम्पारण सिराह ग्राम पञ्चायत वडा नम्बर १२ सिहरा बस्ने अजयको शव फेला परेको थियो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बैदवारले घाटिरेटि फरार भएका अवधेश कुमार माझीलाई आज विहान नेपाल भारत सिमावर्ति क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
अवधेशले यसरी गरेका रहेछन हत्या
हत्या भएको दिन विहान अजय र अवधेशबिच कसले खाना पकाउने भन्ने बिषयमा झगडा भयो । झगडा भएपछि पहिलेको रिसिवि साध्य अवधेशले बिशेष योजना बनाए । त्यो साझ अवधेशले अजयलाईलाई ललाईफकाई रक्सि खान भट्टी पसलमा लगे । रक्सि खाईसकेपछि अवधेशले अजयलाई गहु खेतमा लगे ।
गहु खेतमा लगेर अवधेशले फलामको दाबले टाउ र घाटिमा हाने । उनले यसरी प्रहार गरिसकेपछि त्यहाबाट फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार
कानुनी कारर्वाही
पक्राउ परेका अवधेशलाई कर्तव्य ज्यान मुद्धा अनुसार कारर्वाही गरिने प्रहरी उपरीक्षक बैदवाले जानकारी दिनुभयो । जिल्लाबाट म्याद अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेकोसमेत उहाले जानकारी दिनुभयो ।