एपीएफ निजगढ गोल्डकपको फाईनलमा प्रवेश

ए वान डेस्क
३० फाल्गुन २०७४, बुधबार १९:३९

सशत्र प्रहरी बल भद्रकाली गण पिलुवा बाराको एपीएफ क्लब नेपाल आईस चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । निजगढ–४ कछडिया खेल मैदानमा आज भएको पहिलो सेमिफाईनल खेलमा आयोजक निजगढ युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफ फाईनमा स्थान सुरक्षित गरेको हो ।

एपीएफको विजयीमा नायक बनेका दिनेश हेम्जनले नै दुवै गोल गरेका थिए । खेलको ३९ औ मिनेटमा डिबक्स छेउमा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै सशत्रका दिनेश हेम्जनले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता लिएको एपीएफका लागि ७६ औं मिनेटमा पुनः होम्जनले नै गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । खेलको म्यान अफ द म्याच एपीएफका दिनेश हेम्जन घोषित भए ।

उहाँलाई निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतचन्द्र अधिकारीले नगद सहित ट्रफि हस्तान्तरण गर्नुभयो । प्रतियोगिता अन्र्तगत विहीबार फाईनल प्रवेशका लागि दोस्रो सेमिफाईनल खेलमा चौधरी–११ बारा र हर्दि यूवा समाज चितवनका विच प्रतिस्पर्धा हुने आयोजक क्लबका सहसचिव निरज कुमरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*